• logo
    header-add






    "सम्बन्धहरु" बजारमा उपलब्ध छ ।

    post-thumb

    जीवनको अस्थाईपनको किताब हो, यो। संयोग कस्तो पर्यो भने,कोरोनाले जीवनको क्षणिकता प्रमाणित गर्न केहि अघि मात्र यस्को लेखन सकिएको थियो। जीवनको क्षणिकताबीच पनि प्रेम,साहस र अमरत्वको खोज हो यो कृति। सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउंछ - सम्बन्धहरुले ।

    Continue Reading

    Most popular

    आँसुदेखि मुस्कानसम्म

    फागुन १४ गते यी बालिका भावना थामी काठमान्डु मोडेल अस्पतालमा डा. शंकरमान राईको कक्षबाहिर उभिएकी थिइन् । ...भावनाका पिता कालुमान दोलखाका दुर्गम पहाडहरूमा भारी बोक्ने एक गरिब रहेछन् । पहिलोपटक देख्दा त आफ्नै आँखामाथि विश्वास भएन । मेरोअगाडि एक यस्तो मानव आकृति उभिएको थियो, जसको मुहारको आधा भाग मानिसको जस्तो र बाँकी भाग कालो भुत्लैभुत्लाले भरिएको वनमान्छेजस्तो थियो । प्रकृतिको यो भद्दा मजाक एक अबोध बालिकामाथि भएको देखेर मेरो मन झनै विचलित भयो ।

    बुद्ध नेपालमा जन्मेको भनेरमात्र पुग्छ र ?

    हामीलाई दुई कुरामा बडो गर्व छ– बुद्ध र हिमाल । यी दुवै गौरवका विषय हुन् । अतः यी दुवैका प्रति नेपाली अभिमान स्वाभाविक पनि हो । तर, नढाँटी भन्ने हो भने हिमालका विषयमा हाम्रो जानकारी, हाम्रो अभिमानको तुलनामा निक्कै होचो छ । हामीमध्ये अधिकांशलाई नेपालका हिमाली शिखरहरूको तस्बिर देखाइए, विरलै चुचुराको नाम मात्र भन्न सक्छौं । ‘सगरमाथा हाम्रो सान, हाम्रो मान र हाम्रो परिचय’ भन्ने गीत गाएर हामी थाक्दैनौं । तर, सत्य के पनि हो भने सगरमाथाको शिखर हाम्रो मात्र होइन । ।

    सुरुवात एउटा मान्छेको सपनाबाट हुन्छ

    मिडिया हेर्दा कहिलेकाहीँ लाग्छ– समाजमा खराबै मात्र भइरहेछ। सबै खराब छन्, राम्रो केही छैन, कोही छैनन्। ३० औं वर्षअघि पनि जब मेरो पुस्ता पत्रकारितामा पस्यो, त्यसबखत पनि यस्तै सुनिन्थ्यो– सब नास भो, सब खत्तम भो, सबै खराब छन्। अब आउने सयौं वर्षपछि पनि सम्भवतः यो गनगन जारी नै रहनेछ। अर्थयुक्त र अर्थहीन, दुवैथरी टिप्पणी समाजका अभिभाज्य अंग हुन्। आखिर, मिडिया पनि त समाजभित्रै बसेको हुन्छ, न कि मिडियाभित्र समाज।

    हामी थाकेका छौ, तर हारेका छैनौ! - विजयकुमार

    मलाई क्षमा गर्नुहोला। संकटको यस घडीमा म दोषारोपणको रत्यौली खेल्न चाहन्नँ। राजनीतिक नेतृत्वसँग मात्र होइन, धेरै अन्यसित असहमति र गुनासाका सुसुप्त ज्वालामुखीहरू पालेर म पनि बसेको छु। तर, त्यसको हिसाब किताब प्रलयको यस घडिमा मिलाउन चाहन्नँ। सिन्धुपलान्चोकबाट भर्खरै फर्केको छु। त्यहाँ जे देखेँ- मेरो टाउको अझै घुम्दै छ। चाहे सदरमुकाम चौताराको बजार होस् वा बाटोमा पर्ने साँगाचोक बस्ति वा भर्रे गाउँ अथवा स्याउले वा दूरदराजको कुनै अज्ञात ग्रामिण इलाका-व्यथा एउटै छ।

    आ-आफ्नै सगरमाथा

    ‘दुनियाँले चिन्छन् भनेर पहाड नचढ्नू। संसार हेर्न उक्लेको हो भने, कुरा अर्कै हो।’ ट्रेकिङबाट फर्केको तीन साता भयो। तर, ह्याङओभर बाँकीनै छ। म कुनै हिमाल चढेर फर्केको होइन। मैले सक्ने कुरा पनि होइन। करिब १४ हजार फिटसम्म पुग्न सकेकोमा म आफैंलाई पटक पटक धाप मार्दै छु। यस्तो लाग्दैछ, मानौं सगरमाथा चढेर फर्किएको हुँ। नलाग्नु पनि किन? हामी सबैको जीवनमा आ-आफ्नै निजी सगरमाथा हुन्छ।

    ‘एउटा पुस्ताले त्याग नगरी कुनै देश समृद्ध भएको छैन’

    केही वर्षअघि ‘कान्तिपुर’ दैनिकमा लेखेको आदि/इत्यादि स्तम्भपश्चातः नेपालको मिडिया ट्रेन्डलाई अध्ययन गर्ने हो भने सजिलै भन्न सकिन्छ–प्रथम वचनमा आधारित (फस्ट पर्सन राइटिङ) लेखन–शैलीको बाढी नै आएको छ, नेपाली मिडियामा। वर्षौंअघि प्रथम वचन लेखन–शैली प्रयोग गर्दा ‘कति म म गरेर लेख्छ’ भनेर नाक खुम्च्याउने अनेकहरू खुसुक्क यही शैलीको लामो लाइनमा लामबद्ध भएको देख्दा सन्तोष लाग्छ।