logo
header-add

"सम्बन्धहरु" बजारमा उपलब्ध छ ।

'सम्बन्धहरु' पुस्तक पसलहरुका अलावा अनलाईन डेलिभरी गर्ने निकायहरु जस्तै ; kitabyatra.com Thuprai.com र अब Daraj मा पनि उपलब्ध छ ।

Excerpts-

यो नठानियोस, मलाई जीवनका नकारात्मकताको अनुभव छैन। धेरै तितोबाट गुज्रिएको हु। तर पनि सकारात्मकताको अगेनो चिसो भएको छैन मभित्र । म आगो हुन सकिन त के भो र? अगेनो त निभ्न दिइनं नि मैलै । ' - ( सम्बन्धहरुबाट )
पंचायत छदा लाग्थ्यो, यो गएपछि रामराज्य आउछ । पंचायत गयो तर रामराज्य आएन। त्यसपछि लाग्यो गणतन्त्र आए पछि पक्कै आउछ। गणतन्त्र आयो । एक राजाको ठांउमा धेरै राजाआए। तर रामराज्य आएन। म जीवनमा कयौ पटक गलत भए । मेरो जीवनका सत्य धेरै पटक बदलिए। मलाई एउटै मान्छे कहिले राम जस्तो , कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो ..
Get your copy now
'आफु ठूलो भएको घमण्ड चढ्यो भने आकाश हेर्नु । आफु सानो भएको लघुताभास भए पनि आकाश हेर्नु। यत्रो बिराट पृष्ठभुमीमा को ठूलो ! को सानो ! सबै थोपा हौ। समयका फगत थोपा ' - पृष्ठ ४४, सम्बन्धहरु